सूर्यज्योति लाइफको यस्तो देखियो तेस्रो त्रैमास

३० बैशाख २०८०, शनिबार १०:११

सूर्यज्योति लाइफले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन साविक सूर्या लाइफ, ज्योति लाइफ छुटा छुटै सार्वजनिक गरेको छ ।

यस त्रैमासमा ४ अर्ब ५९ करोड रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको छ । चैत मसान्तसम्ममा कम्पनीले ५३ करोड ७६ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म यो नाफा ३५ करोड ७२ लाख थियो ।

कम्पनीको कुल बीमाशुल्क आर्जन पनि घटेको छ । यस त्रैमासमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६ अर्ब माथि मात्रै छ । कम्पनीको खुद दावी भुक्तानी ६३ दशमलव ८१ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ४९ करोड पुगेको छ ।

कम्पनीकोे वार्षिक प्रति शेयर आम्दानी १५ रुपैयाँ ७७ पैसा छ ।कम्पनीको चुक्ता पुँजि ४ अर्ब ५४ करोड रुपैयाँ र जगेडामा २ अर्ब ५८ करोड रुपैयाँ रकम जम्मा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*