नेपाल इन्स्योरेन्स कम्पनीको खुद नाफा ५९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
२९ बैशाख २०८०, शुक्रबार ०९:१०
काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्मा कम्पनीको खुद नाफा ५९ प्रतिशतले बढेको छ।
कम्पनीको मुनाफा तेस्रो त्रैमासमा २८ करोड ६५ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन सामान्य अर्थात् ०.०६ प्रतिशत ले बढेर ६० करोड १६ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको बीमा कोषको आकार ३५.८५ प्रतिश ले बढेर ८९ करोड ४३ लाख ६ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म अइपुग्दा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ११ पैसाले बढेर २५ रुपैयाँ ५६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ०२ पैसा छ ।