राष्ट्रपति र प्रधानमन्त्रीहरुले विदेशमा उपचार गर्न जान रोक्न माग गर्दै रिटमाथि कारण देखाउ आदेश

२७ बैशाख २०८०, बुधबार १४:४८

काठमाडौं । सरकारी खर्चमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा अन्य पहुँचवाला भिआईपीहरुलाई विदेशमा उपचार गर्ने सुविधा खारेजीको माग गर्दै परेको रिटमाथि कारण देखाऊ आदेश जारी गरेको छ ।

अधिवक्ताद्धय राधिमा चम्लागाई र भद्रप्रसाद नेपालले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा भएको सुनुवाईपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । कामु प्रधानन्यायाधिश हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलाशले नेपालको संविधानको धारा ३५ सँग बाँझिएका राष्ट्रपति तथा देशका अन्य पहुँचवाला भिआईपीहरुलाई राज्यकोषबाट खर्च व्यहोर्ने गरी विदेशमा उपचार गर्न जान पाउने व्यवस्था खारेजीको काम गर्दै दायर रिटमाथि १५ दिनभित्रमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

अब उक्त रिटमाथिको आगामी सुनुवाईमा सरकारले राष्ट्रपति तथा देशका भिआईपीहरुको स्वास्थ्य उपचार खर्च सरकारले व्यहोर्नुपर्ने कारणसहित सर्वोच्च अदालतको संवैधानिक इजलाश समक्ष पेश गर्नुपर्नेछ ।

हरेक नागरिकलाई संविधान प्रदत्त समान स्वास्थ्य पहुँचको हक हनन् हुने गरी पहुँचवाला, भिआईपी र राजनीतिक दलका नेताहरुलाई सरकारले विदेशमा गएर उपचार गर्र्ने खर्च वितरण रोक्न रिट दायर गरिएको अधिवक्ता स्वागत नेपालले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*