शिवम् सिमेन्टको खानीले बाढीपहिरोको आतंक, संसदमा उठ्यो सामरी खोलाको मुद्दा

२७ बैशाख २०८०, बुधबार १३:५४

हेटौडा । शिवम् सिमेन्टले सञ्चालन गरेको खानीका कारण हेटौडाको सामरी नदिमा बाढी पहिरो आउन सक्ने भन्दै स्थानीयबासी आतंकित बनेका छन् । गढी गाउँपालिकाको धादिङ, भाखुला, कुर्ले, बुङ्दलका स्थानीयबासी आतंकित बन्न पुगेका हुन् ।

मकवानपुरको हटियामा रहेको शिवम् सिमेन्टको मकवानपुर जिल्लाकै गढी गाउँपालिका, बकैया गाउँपालिकामा पर्ने लटरेम्मेश्वरको पहाडलाई खनेर चुन ढुङ्गा उत्खनन् गर्दै आएको छ । गढीगाउँपालिकाको सुकौरा भन्दा माथिको पहाडमा कम्पनीले अत्याधिक मात्रामा दोहन गर्दै आएको छ । सामरी नदिको माथिल्लो भागमा रहेको पहाडमा अत्याधिक दोहन गरेका कारण सामरी नदिमा कुनै पनि बेला बाढी आउन सक्ने देखिएको छ ।

 

बाढीले घरखेत बगाउने भएपछि स्थानीयबासी वर्षायाम आउनुअघि नै आतंकित बन्न पुगेका छन् । गढीगाउँपालिकाका स्थानीयबासी आतंकित बनेपछि प्रतिनिधि सभामा आजको बैठकमा सांसद महेश बर्तौलाले आवाज उठाएका छन् । सांसद बर्तौलाले शिवम् सिमेन्टको नाम लिन त सकेनन् तर सामरी नदिमा आउने बाढी नियन्त्रण गर्न माग गरेका छन् । सामरी नदिमा शिवम् सिमेन्टको खानीका कारण आउने बाढीले प्रत्येक वर्ष स्थानीयबासीले ज्यान गुमाउँदै आएका छन्।

खानीका कारण नदिले उत्पात मच्चाउँदै आएको भएपनि सांसद बर्तौलाले शिवम् सिमेन्टको अत्याधिक उत्खनन् र दोहन रोक्ने विषयमा आवाज भने उठाउन सकेनन् । यसैबीच, रिद्धिसिद्धी सिमेन्टको खानीका कारण राक्सिराङ गाउँपालिका स्थानीय चेपाङको पक्षमा समेत सांसद बर्तौलाले संसदमा कुरा उठाउन नसकेको चर्चा हेटौडामा चलेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*