मर्जरपछि आईजीआई प्रुडेन्सियलको नयाँ संचालक समिति गठन, अध्यक्षमा हेमराज ढकाल
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीको मर्ज भई आईजीआई पु्रडेन्सियको नामबाट आजदेखि एकिकृत कारोबार शुभारम्भ हुँदैछ ।दुई कम्पनीबीच मर्जर भई नयाँ संचालक समिति गठन भएको छ। मर्जरपह्चात् साविकको आइएमई जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट संचालक र नेत्तृव टिम बढी हुनेछ ।
मर्जर पश्चात् साविक आइएमई जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट एक अध्यक्ष, चार संचालक र सिईओ पाउनेछन् भने पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीले भने तीन संचालक पाउनेछन् ।साविक आइएमई जनरलको तर्फबाट अम्बिका प्रसाद पौडेल, राजेन्द्र सिंह भण्डारी र कृष्ण प्रसाद शर्मा संचालकमा रह्नेछन् ।
साविक प्रुडेन्सिलको तर्फबाट विशाल अग्रवाल, अर्पित अग्रवाल र अमित अग्रवाल संचालकमा रहनेछन् ।