बीमा कम्पनीहरुले सम्पत्ति बीमा वापत उठाए साढे छ अर्ब रुपैयाँ, कुन प्रदेशबाट कति ? (तथ्यांक सहित)
काठमाडौं । हाल नेपालमा संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सम्पति बीमालेखबाट कुल ६ अर्व ६८ करोड १७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्ममा ७ प्रदेशबाट कुल ३७ करोड ४ लाख बीमालेख जारी भएका छन् ।
बीमा प्राधिकरणले सार्वजनिक गरेका वित्तीय तथ्याँकहरुमा बाग्मती प्रदेशको हिस्सा नै अग्रस्थानमा रहको छ । प्रत्येक जिल्लाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा काठमाडौंमा मानिसहरु ओर्लने क्रम बढ्दो छ । जसको कारणले गर्दा बाग्मती प्रदेशमा अन्य प्रदेशको तुलनामा दोब्बरले बीमा ब्यवसाय हुने गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बाग्मति प्रदेशबाट जारी भएका १३ करोड ८० लाख बीमालेखबाट कुल ३ अर्व ८५ करोड ७७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, दोस्रो नम्बरमा कोशी प्रदेश रहेको छ । बीमा कम्पनीहरुले यस प्रदेशबाट जारी भएका ५ करोड ८३ लाख बीमालेखबाट ९२ करोड २७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसका साथै, लुम्बिनी प्रदेशबाट ६ करोड २६ लाख बीमालेखबाट ७० करोड ४८ लाख रुपैयाँ, मधेश प्रदेशबाट जारी भएका ३ करोड ६१ लाख बीमा लेखाबाट ६२ करोड १० लाख रुपैयाँ, गण्डकी प्रदेशबाट जारी भएका ३ करोड ८७ लाख बीमालेखबाट ३१ करोड ९३ लाख रुपैयाँ र सुदुरपश्चिम प्रदेशबाट जारी भएका २ करोड ४१ लाख बीमालेखबाट १८ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यसका साथै, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सम्पत्ति बीमालेखबाट सबैभन्दा कम बीमाशुल्क कर्णाली प्रदेशले आर्जन गरेको छ । संघिय राजधानीदेखि टाढा रहेको र शैक्षिक, सामाजिक, आर्थिक रुपले पछाडी परेको यो प्रदेशमा बीमा क्षेत्रमा बीमा व्यवसाय विस्तार भएको छैन । समिक्षा अवधिमा यस प्रदेशबाट जारी भएका १ करोड २६ लाख बीमालेखबाट कुल १८ करोड ७२ लाख रुपैयाँ बीमा शूल्क आर्जन गर्न सफल भएको छ ।