कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु, चार लाख बढी विद्यार्थीले दिदै

२६ बैशाख २०८०, मंगलवार १०:३७

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा मध्याह्न १२ बजेसम्म चल्ने छ । परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डले जनाएको छ ।

परीक्षाका लागि देशभर एक हजार ४५७ परक्षा केन्द्र निर्धारण गरिएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*