प्रभु लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

२५ बैशाख २०८०, सोमबार १९:४५

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले चुक्ता कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*