नेप्सेद्वारा थप तीन कम्पनीको शेयर कारोबार रोक्का

२५ बैशाख २०८०, सोमबार १६:०२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप तीन कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेमा सूचीकृत प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले भोलि (वैशाख २६) गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले यी तीनवटै जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का राख्ने भएको हो ।

तीन जीवन बीमा कम्पनीको वैशाख २२ गतेको पत्रानुसार उक्त संगठित संस्थाहरुबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जर कार्य सम्पन्न भई वैशाख २६ गतेदेखि ‘हिमालयन लाइफ इन्स्योरेन्स’ लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले उक्त कम्पनीहरुको शेयर कारोबार रोक्का राख्ने भएको हो ।

नेप्सेले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने।गाभिने वा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) बमोजिम उक्त संगठित संस्थाहरुको शेयर कारोबार वैशाख २६ गतेदेखि लागू हुनेगरी रोक्का गर्ने भएको हो ।

उक्त तीन जीवन बीमा कम्पनी १ः१ः१ स्वाप रेसियामा मर्ज भई भोलिदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । मर्जपछि बन्ने हिमालयन लाइफ इन्स्योरेन्सको सिइओ र अध्यक्ष दुवै युनियन लाइफको तर्फबाट बन्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*