संसद भवनभित्रै सांसदले भटाभट सर्ट र गन्जी खोल्न थालेपछि……

२५ बैशाख २०८०, सोमबार ११:५१

काठमाडौं । नेपालको संसदीय इतिहासमा बिरलै देखिने घट्ना आजको संसदमा देखिएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसद अमरेश कुमार सिंहले भ्रष्टाचारविरुद्धमा बोेल्न सभामुख देवराज घिमिरेले समय नदिएपछि सांसद अमरेश कुमार सिंहले भटाभट सर्ट र गन्जी खोजेर संसद भवन भित्रै विरोध गरेका हुन् ।

नेपालको संसदीय अभ्यासको इतिहासमा पहिलो पटक संसद भवनभित्र सांसदले अर्धनग्न भएर विरोध जनाएका हुन् । सासद अमरेश कुमार सिंहले देशमा बढ्दो भ्रष्टाचार सेटिङका विरुद्धमा बोल्न खोजेका थिए । सभामुख घिमिरेले समय नदिएपछि उनले भटाभट कपडा खोलेर अर्धनग्न बनेका थिए ।

अर्धनग्न भई विरोध जनाउन थालेपछि सभामुख घिमिरेले चेतावनी दिँदै बाहिर निकाल्नु अघि अन्तिम चेतावनी दिएका थिए । त्यस लगत्तै उनले लूगा लगाए र सभा अघि बढेको छ । नेपालका भ्रष्टाचारीहरुले सरकार, संसददेखि सभामुख सम्म सबैलाई सेटिङमा पार्ने गरेका छन् । जसको परिणाम भ्रष्टाचारविरुद्ध बोल्नेलाई सभामुख आफैले पनि कैची चलाउने गरेको आरोप सिंहको छ ।

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*