भोलिदेखि एकीकृत कारोबारमा जोडिन लागेको प्राइम लाइफको नयाँ बोनसदर घोषणा, न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ। आर्थिक वर्ष २०७८/०७९ को आर्थिक स्थितिको लेखा जोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन स्वीकृति भएपछि कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले आर्थिक बर्ष २०७८/०७९ का प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण गरेकोछ । कम्पनीले सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
कम्पनीले सावधिक तथा आजीवन बीमामालेख अन्र्तगत बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३६ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बिमालेखमा प्रतिहजार न्यूनतम ६० देखि ९० रुपैयाँसम्म बोनसदर पाउनेछन् ।कम्पनीको प्राइम जीवन उपहार(अग्रिम भुक्तानी) बीमालेखमा बिमितले सबै बिमा अवधिमा प्रतिहजार ५२ रुपैयाँ र प्राइम जीवन उपहार(सावधिक) बिमा योजनामा प्रतिहजार ४० रुपैयाँ बोनसदर निर्धारण रहेको छ ।
कम्पनी भोलिदेखि एकीकृत कारोबारमा जोडिदैछ । प्राईम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मिलेर भोलिदेखि एकिकृत कारोबार शुभारम्भ गर्दैछ ।