प्रभु लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनसदर सार्वजनिक भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/२०७८ को नयाँ बोनसदर घोषणा गरेको हो।
कम्पनीको आर्थिक आर्थिक वर्ष २०७७/२०७८ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० बैशाख २१ गतेको पत्र मार्फत स्वीकृत भई बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ २० रुपैयाँदेखि ७० रुपैयाँसम्म घोषणा गरेको हो ।
इन्स्योरेन्सले सावधिक जीवन बिमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।बीमतले इन्स्योरेन्सको सावधिक तथा आजीवन बीमालेख अन्र्तगत बिमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा प्रतिहजार न्यूनतम ३५ देखि ५१ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।
यस्तै, अग्रिम भुक्तानी सावधिक (समुन्नती) बीमा योजनाका लागि इन्स्योरेन्सले बिमा अवधिअनुसार प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम २४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
यस्तै, उल्लेखित बोनसदर अर्को बीमाङ्कीय मूल्याङ्कन प्राधिकरणबाट स्वीकृति नभएसम्मको लासग पनि यही बोनसदर मृत्यु दाबी भुक्तानी, पूर्ण वा आंशकि अवधि दाबी भुक्तानी, समर्पण मूल्य दाबी भुक्तानी, चुक्ता मूल्य दाबी भुक्तानी तथा चालू बिमालेखहरुमा कायम हुने समेत इन्स्योरेन्सले जनाएको छ ।