सलिकोद्वारा शेयरधनीलाई बोनश शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न अनुरोध
२५ बैशाख २०८०, सोमबार ०९:४४
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई बोनश शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न अनुरोध गरेको छ ।
कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीको २२औं वार्षिक साधारण सभाबाट आव २०७४।७५ को मुनाफाँबाट ८६ प्रतिशत बोनश शेयर प्रदानमा लाग्ने लाभ कर सम्बन्धित शेयरधनीलाई बुझाउन अनुरोध गरेको हो ।
कम्पनीका शेयरधनीहरुले ग्लोबल आइएमई क्यापिटल मार्फत उक्त रकम जम्मा गर्न सक्ने कम्पनीले जनाएको छ ।