जनताको सुरक्षामा खटिने प्रहरीले अझै तलव पाएनन्

२५ बैशाख २०८०, सोमबार ०७:३१

काठमाडौं । देशको आर्थिक अवस्था जर्जर बन्दै जाँदा जनताको सुरक्षामा खटिने प्रहरीहरुले अझै तलव पाउन सकेका छैनन् । चालु आवको चैत्र महिनाको तलव बैशाख सकिन लाग्दा पनि प्रहरीहरुले पाउन सकेका छैनन् ।

सरकारले प्रहरीको तलव रोकेर विकास आयोजनाको रकम भुक्तानी गरेको थियो । विकास आयोजनाको रकम भुक्तानी गर्दा आर्थिक रुपमा देश चलायमान बन्ने भन्दै यस्तो रणनीति अख्तियार गरेपनि अन्ततः असफल भएको छ । देश चलायमान हुन्छ भनेर विश्वास गरिएकोमा झनै जर्जर अवस्था उत्पन्न भएको छ । हजारौं पूर्व कर्मचारीहरुले पेन्सन, बृद्धबृद्धालाई दिइदै आएको सामाजिक सुरक्षा भत्ता रोकिएको छ । त्यस्तै कैयौं शिक्षकहरुले समेत तलव पाउन सकेका छैनन् ।

देशका सांसद, मन्त्री, गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरुले नियमित तलव भत्ता र सुविधा पाउने तर जनताको जीउधनको सुरक्षामा खटिने प्रहरीले एक महिना खप्टिदा समेत तलव नपाउने अवस्थाले देश आर्थिक रुपमा जर्जर भइसकेको तथ्य उजागर भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*