आइपीओ निष्काशन प्रक्रियामा रहेको सन नेपाल लाइफमा कस्को कति छ लगानी ? (तथ्यांकसहित)
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्समा सबैभन्दा बढी ओम चाओविरो फिड इण्डष्ट्रिज प्रालिको शेयर स्वामित्व रहेको छ । कम्पनीमा इण्डष्ट्रिजको १०.७१ प्रतिशतले १५ करोड रुपैैयाँ बराबरको शेयर स्वामित्व रहेको छ ।
त्यस्तै, दोस्रोमा रोशन के.सीको रहेको छ । कम्पनीमा के.सीको ७.८६ प्रतिशतले ११ करोड रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ । त्यस्तै, कालिका इनभेष्टमेन्ट प्रा. लिको ६.४३ प्रतिशतले ९ करोड रुपैयाँ, बागमति इंक प्रा.लि.को ५ प्रतिशतले ७ करोड, हार्भेष्ट इनभेष्टमेन्ट प्रा. लि.को ५ प्रतिशतले ७ करोड रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ ।
यसका साथै, कम्पनीमा बविता कुमारी अग्रवाल ४.६४ प्रतिशतले ६ करोड ५० हजार रुपैयाँ, किरण के.सीको २.८६ प्रतिशतले ४ करोड रुपैयाँ, शियोन होल्डिङ्गस को. प्रालिको २.८६ प्रतिशतले ४ करोड, सुशीला मित्तलको २.१४ प्रतिशतले ३ करोड रुपैयाँ, नारायणी रोलिङ्ग मिलको १.७९ प्रतिशतले २ करोड ५० हजार रुपैयाँ, श्री कृष्ण स्टिल इन्डष्ट्रिज प्रा. लि.को १.७९ प्रतिशतले २ करोड ५० रुपैयाँ, कुसुम देवी क्यालको १.६१ प्रतिशतले २ करोड २५ लाख रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ ।
कम्पनीमा भावेश कुमार राठी, विश्व प्रकाश गौतम, निरज कुमार तोदी, पवन कुमार खेतान, राजेश अग्रवाल, रुबी अग्रवाल, शशि कुमार टिबरेवाल र सौरभ अग्रवालको १.४३ प्रतिशतले २ करोड रुपैयाँ र सुमन कुमार क्यालको १.०७ प्रतिशतले १ करोड ५० हजार रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ ।