नेशनल लाइफद्वारा मृत्यु बीमा दाबी भुक्तानी

२४ बैशाख २०८०, आईतवार १४:३१

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नुवाकोट शाखाले स्व.बीमितको हकवालालाई बीमा दाबी भुक्तानी गरेको हो ।

रसुवा जिल्ला नौकुण्ड गाउँपालिका वडा नं. ३ निवासी बीमित बिक्रम खातीको निधनपछि कम्पनीलले उनका बुवा हित बहादुर कामीलाई बीमा बापतको रकम हस्तान्तरण गरेको हो । बीमित खातीको गत चैत १३ गते घरको ट्रस छाउने क्रममा जस्ता पातासँगै खसेर मृत्यु भएको थियो ।

मृत्यु बीमा दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गरी ४ दिनमै दाबी भुक्तानी गर्न कम्पनीका लिडर सिनियर म्यानेजर विष्णु प्रसाद लामिछानेले सहयोग गरेका थिए । काजगात पेश गरेको छोटो समयमा नै कम्पनीले बीमा दाबी भुक्तानी गरेको हो । उक्त बीमा दाबी वापतको चेक नुवाकोट शाखा प्रमुख कृष्ण प्रसाद भट्ट र सिनियर एजेन्सी म्यानेजर विष्णु प्रसाद लामिछानेले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*