संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु प्रमुख आवश्यकता होः प्रधानमन्त्री प्रचण्ड

२४ बैशाख २०८०, आईतवार १२:२३

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डल संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु वर्तमान अवस्थाको प्रमुख आवश्यकता रहेको बताएका छन् । काठमाण्डौंमा आयोजित ‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘विभिन्न आन्तरिक तथा बाह्य आर्थिक गतिविधिमार्फत् आर्थिक वृद्धि हासिल गर्न सरकार पूर्ण सजगता र सक्रियताका साथ लागि परिरहेको छ । विभिन्न चुनौतीका बावजूद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको कुरा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले प्रष्ट पारेका छन्,’ उनले भने ।

अन्य विकसित र विकासशील मुलकहरूको अर्थतन्त्रमा समेत शिथिलता देखिन सक्ने भनी अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंकलगायत निकायहरूले गरेको प्रक्षेपणका बाबजूद नेपालको अर्थतन्त्रमा बिस्तारै सुधार हुँदै गएको प्रधानमन्त्री दाहालको दाबी छ ।

‘विगत केही समयदेखि शोधानान्तर बचत रहेको, वैदेशिक मुद्राको सञ्चितिको अवस्थामा सुधार भएको, आयातको परिमाणमा कमी आएको, विप्रेषणमा उत्साहजनक वृद्धि भएको हुनाले देशको समग्र अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था सुधारोन्मुख छ,’ प्रधानमन्त्री दाहालले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*