दोस्रो बजारमा सबैभन्दा धेरै शेयरमूल्य रहेको राष्ट्रिय बीमा कम्पनीले ६ आवको साधारण सभा एकैपटक गर्दै, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । धितोपत्र दोस्रो बजारमा सबैभन्दा धेरै शेयरमूल्य रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ६ आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख २१ गते बसेको संचालक समितिको बैठकले साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभागको आव २०६८।६९, २०६९।७० र २०७०।७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आव २०७०।७१, २०७१।७२ र आव २०७२।७३ गरी जम्मा ६ वर्षको वित्तीय विवरण स्वीकृत गर्न जेठ ३१ गते सभा बस्ने निर्णय गरेको हो । सभा काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
सो सभाले संचालक समितिको तर्फबाट पेश गर्ने बीमा कम्पनी साविकको राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग आर्थिक वर्ष २०६८।६९, २०६९।७० र २०७०।७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आव २०७०।७१, २०७१।७२ र आव २०७२।७३ गरी जम्मा ६ वर्षको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
साथै राष्ट्रिय बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग)को आव २०६८।६९ २०६९।७० र २०७०।७१ सम्म गरी ३ वर्षको र राष्ट्रिय बीमा कम्पनीको आव २०७०।७१, २०७१।७२ र आव २०७२।७३ गरी जम्मा ६ वर्षको लेखापपरीक्षकको प्रतिवेदन सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।
त्यस्तै सो सभामा महालेखापरीक्षकको कार्यालयको परामर्श बमोजिम संचालक समितिबाट नियुक्त लेखापरीक्षकको आर्थिक वर्ष २०६८।६९देखि २०७२।७३ सम्मको नियुक्ति एवं पारिश्रमिक अनुमोदन गर्ने, संचालकहरुको आव २०७२।७३ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोलाई निरन्तरता दिने, सर्वसाधारण शेयरधनीहरुमध्येबाट एक जना संचालक चयनको लागि निर्वाचन गर्ने साथै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट एक जना संचालक चयनको निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ १६ गतेदेखि वैशाख ३१ गतेसम्म बुकक्लोजको मिति तोकेको छ । यसर्थ जेठ १५ गतेसम्म कायम रहेका शेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।
धितोपत्र दोस्रो बजारमा राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै रहेको छ । सरकारी स्वामित्वको निर्जीवन बीमा व्यवसाय गर्ने उक्त कम्पनीको धितोपत्र दोस्रो बजारमा १२ हजार ७ सय रुपैया शेयरमूल्य रहेको छ ।
RBCl