नक्कली भुटानी शरणार्थी सम्बन्धी प्रतिवेदन लुकाउने मुख्य व्यक्ति अख्तियार प्रमुख प्रेम राईमाथि छानविनमा ढिलाई

२४ बैशाख २०८०, आईतवार ०६:५७

काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई अन्ततः लोकमान सिंह कार्की वा राज नारायण पाठककै नियती भोग्नुपर्ने अवस्थामा पुगेका छन् । हेर्दा साधारण सौम्य लाग्ने प्रेम राईले आयोगमा प्रमुख आयुक्त भएर आएदेखि नै थुप्रै काण्डहरुको छानविन नगरी भ्रष्टाचारीसँग सेटिङ गरेको आरोप लाग्दै आएको छ । सो सम्बन्धमा आयोग स्वयम्ले छानविन गर्नुपर्ने हुँदा प्रमुख आयुक्त आफै पदमा बहाल रहँदासम्म सम्भव छैन ।

हाल प्रहरीले उच्च तहका राजनीतिक नेतृत्व समेतको संलग्नतामा भइरहेको भुटानी शरणार्थी सम्बन्धी घोटाला काण्डमा अख्तियार प्रमुख राईको समेत संलग्नता खुलिसकेको छ । अख्तियार प्रमुख प्रेम राई आफैले भुटानी शरणार्थी सम्बन्धी जाँचबुझ कार्यदल बनाएका थिए भने सो कार्यदलले बुझाएको प्रतिवेदन बेपत्ता पार्ने कार्यका मुख्य अभियुक्त हुन प्रेम राई । आफ्नो पालामा गृहमा सेटिङ गरिसकेपछि राईले तत्कालिन केपी ओली सरकारको पालामा गृहबाट सिधैं अख्तियारका प्रमुख आयुक्तमा नियुक्त भएका थिए ।

उनै प्रमुख आयुक्त राईलाई प्रहरीले छानविनमा ढिलाई गरिरहेको छ । ठूला पदमा रहेका व्यक्तिहरुमाथि कारवाही गर्न प्रचण्ड नेतृत्वको सरकारले खुट्टा नकमाउने स्पष्ट पारिसकेको छ । प्रधानमन्त्री प्रचण्डले पनि कसैको दवाव र प्रभावमा परेर भुटानी शरणार्थी घोटाला काण्डका अभियुक्तहरुलाई कारवाहीको दायरामा ल्याएरै छोड्ने प्रतिबद्धता सार्वजनिक रुपमा गर्दै आएका छन् ।

तर, अख्तियार प्रमुख राईमाथि छानविनमा ढिलाई हुनुले शंका भने उत्पन्न भएको छ । राईपछिका सचिव टेक नारायण पाण्डेलाई प्रहरीले पक्राउ गरिसकेको छ भने पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीका विरुद्धमा पक्राउ पूर्जी नै जारी भइसकेको छ । त्यस्तै, पूर्व गृहमन्त्री बालकृष्ण खाँडमाथि पनि छानविन भइरहेको छ । पूर्व गृहमन्त्री माथि नै समेत छानविन हुँदा पनि पूर्व गृहसचिव रहेका प्रेम राईमाथि छानविनमा किन ढिलाई भयो ? प्रश्न उठेको छ ।

उता, प्रेम राईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै समेत छानविन गर्ने सक्ने गरी केही केशहरु तयार भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हुँदा भ्रष्टाचारीहरुमाथि कारवाही नगर्ने गरी फाइल तामेलीमा राख्ने निर्णय गरेको आरोप छ । उनले तत्कालिन बीमा समितिमा भएको अर्बौ घोटाला काण्डको फाइल छानविन नै नगरी तामेलीमा पठाएका थिए । अयोगमा हुँदा आफ्ना मान्छेलाई छानी छानी बचाउने कार्यमा संलग्न राईले बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई समेत कारवाही हुन नदिई रक्षाकवचको भूमिका निर्वाह गर्दै आएका छन् । राजनीतिक दवाव सहन नसक्ने प्रेम राईले पछिल्लो समय पूर्व प्रधानमन्त्री पत्नी आरजु राणासँग मिलेर सेटिङको काम गर्दै आइरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*