सिम्रिक एयर हेलिकप्टरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले भुक्तानी गनुपर्ने, विस्तृत विवरण आउन बाँकि

२२ बैशाख २०८०, शुक्रबार १४:२४

संखुवासभामा अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । उक्त एयरको बीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा रहेको छ कम्पनीले जनाएको छ। क्षतीको विवरण आएपछि सर्भेयरको काम सकेपछि मात्रै कम्पनीले बीमा वापतको क्षतीको रकम भुक्तानी गर्दछ ।

कम्पनीले २५ लाख अमेरिकी डलर बराबरको बीमा गराएको जनाएको छ। सो वापत क्षतीको मूल्यांकनको आधारमा पनि कम्पनीले बीमा रकम पाउछन् ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको तर विस्तृत विवरण नआएको बताए । ‘घटनास्थलमा प्रहरीको टोली पठाइएको छ, प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको हुँदा बाँकि विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*