यो साता कुन बीमा कम्पनीको शेयर मूल्य कतिमा भयो बन्द ? राष्ट्रिय बीमा कम्पनी र एलआईसीको शेयर मूल्य सबैभन्दा धेरै, अन्यको अवस्था कस्तो ? (सूची सहित)

२२ बैशाख २०८०, शुक्रबार १५:१६

काठमाडौं । हरीयालीले बिदाई गरेको यो साताको शेयर बजारमा बीमाको शेयर उत्साहजन रुपमा बढ्न सकेन ।यो साता जीवनतर्फ एक कम्पनी र निर्जिवनतर्फ एक कम्पनीको शेयर मूल्य घटेको छ । बाँकिको सुधार देखिएको अवस्था छ । दोस्रो बजारमा बीमाको बजारको उत्साहनक वृद्धि भने देखिदैन ।

यो साता जीवनबीमातर्फ एलआईसी नेपालको शेयर सबैभन्दा बढी मूल्यमा शेयर खरिदबिक्रि हुँदै बन्द भएको छ।निर्जिवन बीमातर्फ भने राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य सबैभन्दा बढी रहेको छ। यो साताको अन्तिम कारोबारमा कम्पनीको शेयर मूल्य १३ हजार १ सय ५२ रुपैयाँ हुँदै बन्द भएको छ।

जीवन बीमातर्फ नेशनल र नेपालको शेयर मूल्य सबैभन्दा धेरै

यो साताको अन्तिम कारोबारको दिनसम्ममा एलआईसी नेपालको शेयर मूल्य सबैभन्दा धेरै रहेको छ । कम्पनीको शेयर मूल्य १ हजार २ सय ७१ रुपैयाँ रहेको छ।
त्यस्तै, नेपाल लाइफको शेयर मूल्य ६५६ रुपैयाँ रहेको छ ।
यी दुबै कम्पनी बीमा व्यवसायमा पनि अग्रस्थानमा नै छन् ।
त्यस्तै, एशियन लाइफको शेयर मूल्य ५५५ रुपैयाँ १० पैसा, सूर्या ज्योति लाइफको शेयर मूल्य ४२० रुपैयाँ, प्रभु लाइफको ४०४ रुपैयाँ ५० पैसा, युनियन लाइफको ३७० रुपैयाँ गुराँस लाइफको ३६० रुपैयाँ र प्राईम लाइफको ३५९ रुपैयाँ रहेको छ ।

निर्जिवन बीमातर्फ आरबीसीए, नेको र शिखर अग्रस्थानमा

यो साताको अन्तिम कारोबारको दिन नेप्सेमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी, नेको र शिखर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ।
यो साताको अन्तिम दिनसम्ममा कम्पनीको शेयर मूल्य ६५२ रुपैयाँले बढेर १३ हजार १५२ रुपैयाँ पुगेको छ ।

त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीको दोस्रो बजारमा शेयर मूल्य ७३३ रुपैयाँ, शिखर इन्स्यारेन्सको ७२४ रुपैयाँ ३० पैसा एनएलजी इन्स्योरेन्सको शेययर मूल्य ६०९ रुपैयाँ र सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयर मूल्य ५७३ रुपैयाँ रहेको छ ।

यी पाँच कम्पनी नै निर्जिवन बीमा कम्पनीको लिडर र उत्कृष्ट व्यवसाय गर्ने कम्पनी हुन् ।
त्यस्तै, नेपाल इन्स्योरेन्सको ५२२ रुपैयाँ, प्रभु इन्स्योरेन्सको ४७० रुपैयाँ, सानिमा जिआईसीका ४५० रुपैयाँ, युनाईटेड इन्स्योरेन्सको ४३८ रुपैयाँ, हिमालयन एभरेष्टको ४३८ रुपैयाँ, अजोड इन्स्योरेन्सको ४१० रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सको ३७८ रुपैयाँ शेयर मूल्य रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*