नेको इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
२२ बैशाख २०८०, शुक्रबार १२:५५
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । इन्स्योरेन्सले एक सूचना प्रकाशित गर्दै चार्टेट एकाउन्टेन्ट र सेमि क्वालिफाइड चार्टेट एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो ।
इन्स्योरेन्सल केन्द्रिय कार्यालयको लागि १ जनाका दरले दुई पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिएर उत्तिर्ण उम्मेदवारले फाइनान्स विभागमा काम गनुपर्ने इन्स्योरेन्सले जनाएको छ ।
इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी इन्स्योरेन्सको इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।