अजोड इन्स्यारेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा परिर्वतन
२२ बैशाख २०८०, शुक्रबार ११:०५
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको संस्थापश शेयर सर्वसाधारणमा परिर्वतन भएको छ । कम्पनीमा संस्थापक समुह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गर्न एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
क्रमश ७० प्रतिशत सुस्थापक शेयर र ३० सर्वसाधारण शेयरको अनुपातमा रहेकोमा संस्थापक समुहको शेयरमा परिवर्तन गरि कम्पनीको शेयर स्वामित्व संरचना ५१ संस्थापक र ४९ सर्वसाधारण शेयरको प्रतिशतको अनुपात कायम गरिएको छ ।
कम्पनीका अनुसार यदि संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहानेले सोही अनुसारको निवेदन कम्पनीमा सात दिनभित्र पेश गर्न आग्रह गरेको छ ।