झण्डै एक दशकपछि काठमाडौं उपत्यकामा चट्याङ, मातातिर्थमा एक जनाको मृत्यु

२० बैशाख २०८०, बुधबार २३:०२

काठमाडौं । देशैभरि चट्याङ लागेर मानिसहरु मृत्यु हुने गरेको त सुन्दै आएको थियौं तर आज बुधबार राजधानी काठमाडौंकै मातातिर्थमा परेको चट्याङबाट एक जनाको निधन भएको छ ।

बुधबार दिउँसो काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा चट्याङ लागेर मकवानपुरको भिमफेदी घर भएका ३५ वर्षीय राजु तामाङको मृत्यु भएको थानकोट प्रहरीले जनाएको छ । बुधबार दिनभर जसो काठमाडौं उपत्यकाभित्र पानी परेको थियो । थानकोट मातातिर्थ क्षेत्रमा पटक पटक चट्याङ परेको थियो । सो क्रममा मातातिर्थमा निर्माणाधीन घरमा काम गरिरहेको बेलामा चट्याङ लागेर तामाङको निधन भएको जनाइएको छ ।

राजधानी काठमाडौं चट्याङको बच्न सबैभन्दा सुरक्षित मानिन्छ । थानकोट मातातिर्थ क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन प्रशारण लाइन समेत रहेको छ । ठूलो पूर्वाधारमा राखिएको चट्याङ प्रतिरोधी संयन्त्रका कारण काठमाडौं उपत्यकामा चट्याङ नपर्ने विश्वास गरिँदै आएको छ । करिब एक दशक पहिले स्वयम्भुको एक स्तुपा चट्याङ्बाट ध्वस्त भए यता बिरलै काठमाडौंमा चट्याङ पर्ने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*