बजेटको मुखमै अर्थसचिव तोयाम रायाको किन गरियो सुरुवा ?
बजेटको नजिकै अर्थसचिव फेरिंदा बजेट निर्माणमा प्रभाव पर्ने
२० बैशाख २०८०, बुधबार १८:५७
काठमाडौं । सरकारले अर्थ सचिव परिवर्तन गरेको छ । आगामी आर्थिक वर्षको बजेट आउन एक महिना पनि बाँकी नरहेको अवस्थामा सरकारले तोयाम रायालाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवमा ल्याएको छ ।
उपराष्ट्रिपतिको कार्यालय सरुवा भएका रायाको ठाउँमा आएका पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए । ३ वर्षअघि सचिव भएका पोखरेल २०५१ सालमा हुलाक अधिकृतका रुपमा सरकारी सेवमा प्रवेश गरेका थिए ।
आगामी १५ जेठमा संसदमा पेश हुने बजेट निर्माणको नेतृत्व अब अर्थ सचिवका रुपमा पोखरेलले गर्नेछन् । अर्थ मन्त्रालयका अधिकारीहरु भने बजेटको मुखमै अर्थसचिव फेरिंदा बजेट निर्माणमा प्रभाव पर्ने बताउँछन् ।