नेपाली बजारमा सिट्रोनले ल्यायो नयाँ सी ३, यस्ता छन् विशेषता

२० बैशाख २०८०, बुधबार १८:१९

काठमान्डौं । आज नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले बहुप्रतिक्षित नयाँ सिट्रोन सी ३ मात्र ३४ लाख ४९ हजार रुपैयाँको सुरुवाति मूल्यमा सार्वजनिक गरेको छ । भारतमा निर्मित सिट्रोन सि ३ एक कम्प्याक्ट एसयुभी हो ।

कम्पनीले नेपालका युवा र फरक गाडीको चाहना राख्ने ग्राहकहरूको मन तान्न सक्छ । अत्यन्त आकर्षक डिजाइनमा बनाइएको सिट्रोन सी ३, ख्याती प्राप्त वर्ल्ड अर्बन कार–२०२३ अवार्ड पाउन सफल भएको थियो । विश्वका ३२ देशहरुका १०० भन्दा बढी अन्तर्राष्ट्रिय अटोमोटिभ पत्रकारहरुले मत राख्ने उक्त प्रतिस्पर्धामा जित्न सफल सिट्रोन सी ३ नेपाली बजारमा पनि राम्रो गर्ने आशा गरिएको छ ।

‘हामी नेपालका हाम्रा ग्राहकहरूलाई नयाँ सिट्रोन सी ३ प्रस्तुत गर्न पाउँदा गर्व गर्छौं । हरेक क्षेत्रको प्रयोगका लागि सोही क्षेत्रमा उत्पादन गर्नुपर्छ भन्ने मान्यता राख्ने स्टेलान्टिस आसियान क्षेत्रको लागि नयाँ सी ३ भारतमा बनाएको छ।

सो  उत्पादन मार्फत हामी यो ठाउँ र परिवेश अनुरुपको उत्पादन मार्फत आसियानमा आफ्नो उपस्थिति बढाउन प्रतिबद्ध छौं’ नादिया कमरुदिन, स्टेलान्टिसका लागि आसियानका ग्राहक अनुभव निर्देशक तथा जेनेरल डिस्ट्रिव्यूटरले भने । कम्पनीले नयाँ सिट्रोन सी ३ को सुरुवाती (लन्च प्राइस) मुल्य १.२ पि. लाइभको ३४ लाख ४९ हजार र १.२ पि. फिल भाइब प्याककको ३६ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

कम्पनीले नयाँ सी ३ बिर्तामोड, इटहरी, नारायणघाट, बुटवल र काठमाडौ गरी नेपालका पाँच प्रमुख सहरहरूमा रहेका सिट्रोनका आधिकारिक शोरुमहरूमा टेस्ट ड्राइभ र बिक्रीको लागि उपलब्ध छ ।

नयाँ सी ३ मा ट्रपिकलाइज्ड एयर कन्डिसनर, मनोरम बाहिरी दृश्य हेर्न मिल्ने आरामदायी भित्री भाग र वायरलेस एन्ड्रोइड अटो र एप्पल कनेक्टिभिटी भएको १० इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन जस्ता सुविधाहरू छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*