रिलायबल नेपाल लाइफद्वारा बीमा दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दमक शाखाले बीमित गोमा श्रेष्ठलाई घातक रोग सुविधा वापत ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।
श्रेष्ठले दमक शाखाबाट मिति २०७८ असार २७ गते बिमाङ्क रकम ५ लाख रुपैयाँको जीवन बीमा गरेकी थिइन् । गौरादह– ४ झापा निवासी वीमित श्रेष्ठलाई कम्पनीले घातक रोग सुविधा वापत वैशाख २० गते ५ लाख रुपैयाँकै दाबी भुक्तानी गरेको हो ।
दाबी भुक्तानी कार्यक्रममा कम्पनीका प्रदेश १ का उपप्रमुख तौफिक अहमद शेखले बीमितहरुलाई समयमा नै दाबी भुक्तानी गर्नु कम्पनीको दायित्व भएको हुँदा दाबी भुक्तानी यथासिघ्र गर्ने कम्पनीको नीति अनुरुप दाबी भुक्तानी प्रदान गरिएको बताए ।
उक्त कार्यक्रममा प्रमुख अथितिमा उपमेयर जल वर्षा राजवंशी विषेश अथिती वडा अध्यक्ष दुर्गा मणि बस्नेत र वडा सदस्यहरु सुर्य सुब्बा, तुलसा कंडेल, निर्मला कार्कीको उपस्थिति रहेको थियो ।