चैत महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ११ अर्ब माथि, कुनको अवस्था कस्तो ?

२० बैशाख २०८०, बुधबार १६:४१

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चैत महिनामा मात्रै ११ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले उक्त रकम बराबरको बीमा गराएको हो ।

यस महिनामा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीले २ अर्ब ८८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ।दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रोमा नेशनल लाइफले १ अर्ब १५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*