तेस्रो त्रैमासको जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)

२० बैशाख २०८०, बुधबार १६:१६

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा १ खर्ब ४ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले उक्त रकम बराबरको बीमा गराएको हो ।

यस त्रैमाससम्मा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीले २७ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ।
दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले १२ अर्ब ९४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रोमा नेशनल लाइफले ११ अर्ब ३७ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*