सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं साधारण सभा भोलि बस्दै, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा भोलि (वैशाख २१) गते बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा दिउँसो ३ बजे बस्नेछ ।
सो सभाले कम्पनीले आर्थिक वर्ष २०७८।७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोषमा कम्पनीको तर्फबाट गरिएको योगदान वापत ७ लाख रुपैयाँ कम्पनी ऐन २०६३ बमोजिम अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने जनाएको छ ।
साथै सभाले अध्यक्षको मन्तब्य सहित संचालक समितिको आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८।७९ को वासलात, हिसाब, नाफा नोक्सान आय व्यय इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धीत अनुसूचीहरु सहितको वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आथिृक वर्ष २०७९।८० को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने र बर्तमान लेखापरीक्षक श्री जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्टस् पुनः नियुक्तीका लागि योग्य हुने प्रस्ताव पारित गर्नेछ ।