रिलायबल नेपाल लाइफको तेस्रो बार्षिक साधारणसभा सम्पन्न, आईपिओ जारी गर्न बाटो खुल्यो
४ असार २०७८, शुक्रबार १७:०५
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा डिजिटल माध्यमबाट सम्पन्न भएको छ । आव २०७५।०७६ को साधारणसभा सम्पन्न भएको हो ।
कम्पनीको तेस्रो बार्षिक साधारणसभा समन्न भएसँगै आईपिओ जारी गर्ने बाटो खुल्ला भएको छ । पूर्ण एक कार्यकालको वित्तीय विवरण साधारणसभाबाट पारित भएसँगै आईपिओ जारी गर्ने बाटो खुलेको छ ।
सभा कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरमा भर्चुअल माध्यमबाट सम्पन्न भएको साधारणसभाले आव २०७५।०७६ को बार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन सहितका अन्य वित्तीय प्रतिवेदन उपर छलफल गरी पारित भएको छ ।
साधारणसभाले आव २०७६।०७७ का लागि लिङ्देन पि एण्ड एशोसिए्टलाई लेखापरीक्षकमा नियुक्त गरेको छ ।