भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

१९ बैशाख २०८०, मंगलवार ०९:३३

काठमाण्डौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो ।

आईओसीले पठाउने नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपैयाँले मूल्य घटेको छ । यसअघि आईओसीले निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको थियो। यसअघि प्रतिलिटर पेट्रोलमा ६ रुपैयाँ र डिजलमा १.५ रुपैयाँ बढेर आएको थियो ।

आईओसीले हरेक १५ दिनमा पेट्रालियम पदार्थको नयाँ सूची पठाउँने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा आईओसीले मूल्य समायोजन गर्दै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*