कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण गर्न बनाइयो नयाँ समिति, स्वार्थ बाझिने भन्दै गिरीलाई हटाइयो

१८ बैशाख २०८०, सोमबार १६:०९

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कमोडिटी एक्सचेन्जको नयाँ लाइसेन्स वितरण गर्नको लागि प्राप्त प्रस्ताव मूल्याङ्कन समिति गठन गरेको छ ।

आज बसेको बैठकले कानुन मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा समिति गठन गरिएको हो । सो समितिमा अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य र राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री, बोर्डका नियमन विभागका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र बोर्डकै उपकार्यकारी निर्देशक दिपा दाहाल सदस्य रहेकी छिन् ।

यसअघि नयाँ स्टक एक्सचेन्जका लागि आवेदन दिएका कम्पनी छनौट गर्न गठन गरेको समिति भन्दा एक जना फरक पारेर नयाँ समिति गठन गरिएको हो । कमोडिटी एक्सचेन्जका लागि अम्बिका गिरीलाई हटाएर नयाँ समिति बनाइएको छ । गिरी सम्बद्ध एक कम्पनीले नयाँ लाइसेन्स पाउने भएपछि स्वार्थ बाझिने भन्दै उनलाई हटाएर दाहाललाइ राखिएको छ ।

जम्मा दुई वटा मात्रै लाइसेन्स पाउने वस्तु विनिमय एक्सचेन्जका लागि चारवटा कम्पनीले वस्तु विनिमय बजार सञ्चालनको अनुमतिसहित बोर्डमा निवेदन दिएका छन् । नेपाल मल्टी कमोडीटी एक्सचेन्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्ज रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*