क्रेष्ट माइक्रो लाइफको सिइओमा प्रतापमान श्रेष्ठ नियुक्त, नेशनल लाइफमा ३३ वर्षको अनुभव
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लघुबीमाको लाइसेन्स प्राप्त गरेका लघुबीमा कम्पनीहरुले भटाभट प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्न थालेका छन् ।
सो मध्ये लघुबीमाको लाइसेन्स प्राप्त गर्ने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रतापमान श्रेष्ठलाई नियुक्त गरेको छ । नेपाली जीवन बीमा क्षेत्रमा ३३ वर्षभन्दा बढि समय बिताएका उनी केही समय अघि मात्रै नेशनल लाइफबाट राजिनामा दिएर बाहिरिएका थिए । सन् १९८९ मा नेशनल लाइफमा प्रवेश गरेका श्रेष्ठ यसपछिका अपकमिङ सिईओको ब्राण्ड कम्पनीभित्र बनाइसकेका थिए । लघु बीमाको क्षेत्रमा केही गरौ भन्ने सोचका साथ नयाँ कम्पनीमा आबद्ध भएका नव नियुक्त सिईओ श्रेष्ठले बीमापोष्टलाई जानकारी दिए । सुर्खेतको बिरेन्द्रनगर केन्द्रीय कार्यालय रहेको क्रेष्ट लाइफको सिइओमा श्रेष्ठलाई चयन गरेसँगै कर्णाली प्रदेश मात्रै नभएर देशैभरि लघु जीवन बीमाको व्यवसायमार्फत बीमाको पहुँच बृद्धि हुने विश्वास गरिएको छ ।
नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स प्राप्त गरेपछि सिइओले नेशनल लाइफबाट राजिनामा दिएर क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्सको सिइओ बनेका हुन् । श्रेष्ठसँग ३३ वर्षभन्दा बढी जीवन बीमा व्यवसायको ज्ञान रहेको छ । जीवन बीमा क्षेत्रमा लामो समय विताएका श्रेष्ठ एक कुशल तथा क्षमतावान एक व्यवस्थापन समेत हुन् ।
लाइसेन्स प्राप्त गर्ने लघुबीमा कम्पनीहरुले सिइओहरुको तलब भत्ता तथा अन्य सुविधा सहितको विवरण नेपाल बीमा प्राधिकरणमा पेश गरेको छ । विवरणमा सिइओ श्रेष्ठको मासिक तलब चार लाख रुपैयाँका दरले मासिक ४८ लाख रुपैयाँ तोकिएको छ । साथै श्रेष्ठले गाडी र आवास सुविधा समेत जोड्दा मासिक छ लाख हाराहारी पुग्नेछ ।