सानिमा रिलायन्स लाइफको अभिकर्ता क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

१७ बैशाख २०८०, आईतवार १६:४८

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुमाझ क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गण्डकी प्रदेशका अभिकर्ताहरु समक्ष उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिव नाथ पाण्डेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा १०० जना अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अभिकर्ताहरुलाई बीमा सम्बन्धी जनचेतनामूलक ज्ञान तथा अभिकर्ताहरुको क्षमता अभिबृद्धि सम्बन्धी छलफल भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*