बीमा प्राधिकरणद्धारा बीरगन्जको पर्सामा बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले बीरगन्जको पर्सामा एक कार्यक्रमका बीचमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश द्वारा सर्भेयर र क्षति मूल्यांकनकर्ताहरु संग एक अन्तरक्रिया कार्यक्रम गरेको हो ।
स्थानीय सोल्टी होटल एण्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा बीमा प्राधिकरणकी मधेश प्रदेश प्रमुख उप निर्देशक कुसुम शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो । मधेश प्रदेशका सबै बीमा कम्पनीका प्रदेश कार्यालय र शाखा कार्यालयका प्रमुख तथा कर्मचारीहको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा सर्भेयर, क्षति मूल्यांकनकर्ताहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश प्रमुख शर्माले प्राधिकरणको उद्देश्य कसैलाइ कारवाही भन्दा पनि बीमा क्षेत्रलाइ सुधार र सम्मानित बनाउने भएकोले सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् । यस क्षेत्रमा रहेको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य जरुरी भएको बताउँदै शर्माले बीमाको पहुँच र दायरा दुवै बृद्धि गर्न आवश्यक रहेको बताईन् ।
बीमा प्राधिकरणकै टेकराज पाण्डेले गरेको सो कार्यक्रममा सर्भेयरहरुलाई समयमा नै आफ्नो काम सम्पन्न गरी दावी भुक्तानीमा सहजीकरण गर्न निर्देशन दिइएको छ ।