घाँटीमा लगाएको सुनको सिक्रीले लुट्यो कपनकी निरा पाण्डेको प्राण, झापा पक्राउ परे अभियुक्त

१७ बैशाख २०८०, आईतवार १४:३७

काठमाडौं । संसददेखि सडकसम्म हत्यारा पत्ता लगाउन माग गर्दै चर्को आवाज उठिरहेको कपनकी निरा पाण्डे आचार्यको हत्या हत्या उनले घाँटीमा लगाएको सिक्री सहितका सुनका गहना भएको तथ्य खुलेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । देशको अर्थतन्त्र जर्जर बन्दै जाँदा बेरोजगार बनेको ठमेलका रेष्टुरेन्टमा बाउन्सर काम गर्ने एक बेरोजगारले घाँटीका लगाएको सिक्रीसहितका सुन लुटपाटको उद्देश्यले यही बैशाख ७ गते आक्रमण गर्न खोज्दा ज्यानै गएकोे दर्दनाक तथ्य प्रहरी सामू उजागर गरेका छन् । यद्यपि यो विषय अहिले प्रारम्भिक रुपमा मात्रै छानविन हुँदा बाहिर आएको हो । घट्नामा अन्य तथ्य समेत थपिन सक्नेछन् ।

कपनमा भाँडा पसल गर्दै आएकी निरा पाण्डे आचार्य सामान्य गृहणी महिला थिईन् । उनी पसलमा बसेकै बेला यही बैशाख ७ गते आमा खुवाउने औशीको दिन कसैले हत्या गरेर फरार भइसकेको केही घण्टापछि मात्रै छिमेकी तथा आफन्तले चाल पाएका थिए ।

 

हत्यामा संलग्न भएका अभियुक्त ।

निकै रहस्यात्मक तरिकाले गरिएको सो घटनामा कसको हात छ ? भनेर अनेकन आशंकाहरु गरिए । तर, अन्त्मा हिजो प्रहरीले हत्यामा संलग्न अभियुक्त विनोद विक पक्राउ परेसँगै पटाक्षेप हुन पुगेको हो ।
प्रारम्भिक रुपमा बाहिर सार्वजनिक भएको विवरण अनुसार अभियुक्त विनोद विकले आफूलाई पैसाको अत्यन्तै जरुरी परेकोले घाँटीमा लगाएको सिक्री लूटर बिक्री गर्ने उद्देश्यले आक्रमण गरेको र सो क्रममा निरा पाण्डेले कडा प्रतिवाद गरेपछि घातक हमला गर्न बाध्य भएको बयान प्रहरी समक्ष दिएको जनाइएको छ ।

प्रारम्भिक रुपमा सार्वजनिक भएको विवरण अनुसार निरा पाण्डेको घाँटीबाट लुटेर लगेको सुनको सिक्रीसहितका सुनहरु मध्ये केही सुन बालाजुको एक पसलमा लगेर बिक्री गरेकोमा हाल सो गहना प्रहरीले बरामद गरेको जनाइएको छ ।

प्रहरीले सुइको पाउन नसकेको सो घटनामा दुई दिन पहिले डिआईजी किरण बज्राचार्यको संयोजकत्वमा छानविन समिति गठन गरेपछि प्रहरी थप सक्रिय भएर घटनाको छानविनमा जुटेको थियो । सरकारले छानविन समिति बनाएको ४८ घण्टाभित्रैमा नतिजा बाहिर आएको हो ।

प्रहरीले घट्नामा संलग्न अभियुक्तले निरा पाण्डको छुरा प्रहार गरी हत्या गरेर पठाओ चढेर मनोहरास्थित एक रेष्टुरेन्टमा पुगेको र सो दिन त्यही बास बसी भोलिपल्ट बालाजु पुगेर सुन बिक्री गरी झापा गएको तथ्य उजागर गरेको छ । उनलाई झापास्थित एक साथीको घरमा बसिरहेको बेला हिजो विहान पक्राउ गरेको छ ।
उनलाई प्रारम्भिक रुपमा बयान लिइए पनि थप छानविन तथा बयान लिने क्रम जारी छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*