आजदेखि संसदीय दलको नेता बन्दै रवि लामिछाने, प्रधानमन्त्री बन्ने सम्भावना कति ?

१७ बैशाख २०८०, आईतवार ११:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन २ मा सम्पन्न उप निर्वाचनबाट दोस्रो पटक प्रतिनिधि सभामा निर्वाचित पार्टी अध्यक्ष रवि लामिछाने आजबाट संसदीय दलको नेता बन्दैछन् ।
यसअघिका संसदीय दलका नेता रहेका डोल प्रसाद आर्यालले हिजो पदबाट राजिनामा दिएका थिए । संसदीय दलका उप नेता बिराजभक्त श्रेष्ठलाई संसदीय दलका नेता डिपी अर्यालले राजिनामा दिएका हुन् ।
पार्टी अध्यक्ष लामिछानेलाई संसदीय दलको नेताको रुपमा मार्ग प्रशस्त गर्न अर्यालले राजिनामा दिएका हुन् । अब संसदीय दलको नेताका रुपमा आजबाट रवि लामिछाने चयन हुनेछन् ।

अध्यक्ष लामिछानेले संसदीय दलको बैठक बस्नु अघि प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँगको भेटघाट गर्नुको कारण सरकारमा स्वतन्त्र पार्टीको हैसियत के हुने ? पुरानो मन्त्रालय दिने या नदिने भन्ने विषयमा छलफल भएको जनाइएको छ । प्रधानमन्त्री प्रचण्डको रेस्पोन्सका आधारमा आजको बैठकमा निर्णय हुने रास्वपा निकट स्रोतले जनाएको छ ।

उता, रवि लामिछाने पुनः संसदीय दलको नेता बनेपछि यही संसदकै पदावधीभित्र प्रधानमन्त्री बन्ने सम्भावना कति छ ? भनेर चर्चा र बहस सुरु भएको छ । वर्तमान माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार लामो समय नटिक्ने विश्लेषण भइरहँदा रवि लामिछानेलाई नयाँ प्रधानमन्त्रीको रुपमा समेत हेरिएको छ ।

हालै बाराबाट संसदमा प्रवेश गरेका उपेन्द्र यादवसहितको पार्टी, रास्वपा र एमाले मिलेर नयाँ सरकार बन्ने सम्भावनाबारे चर्चा भइरहेको छ । उता, माधव नेपालको एकीकृत समाजवादी पार्टी लामो समय एमालेबाट अलग रहन नसक्ने र पार्टी एकता पश्चात सबैभन्दा ठूलो दलको रुपमा एमाले पार्टी बन्ने विश्लेषण राजनीतिक वृत्तमा चलिरहेको छ । स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी ओली समेत सकारात्मक रहेको विश्वस्त स्रोतले जनाएको छ ।

आजको बैठकले सरकारबाट बाहिरने निर्णय गरेर भ्रष्टाचार, लाइसेन्स र कुशासनमा डुब्दै गएको प्रचण्ड सरकारलाई ढालेर नयाँ सरकार वा मध्यवधी निर्वाचन वा रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने रणनीति बनाउनुपर्ने सुझाव स्वतन्त्र पार्टीलाई विश्लेषकहरुले दिइरहेको बुझिएको छ ।

परम्परागत राजनीतिक शक्तिहरुको अवसान हुने गरी उदय हुँदै गरेका स्वतन्त्र पार्टीले जनताको तमाम आकांक्षा र इच्छा पूरा गर्न पनि तत्काल सरकारमा जानुपर्ने तर अहिलेको प्रचण्ड नेतृत्वको भ्रष्ट सरकारमा जान नहुने सुझाव पनि उत्तिकै बढिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*