महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ५२ रुपैयाँसम्म बोनस पाउने
१७ बैशाख २०८०, आईतवार ०८:३०
काठमाडौं । महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा गरेको छ । नयाँ बोनसदर अनुसार बीमितले न्यूनतम ४० देखि अधिकतम ५२ रुपैयाँ सम्म पाउनेछन् ।
कम्पनीको आ.व. २०७७÷७८ को आर्थिक स्थितिको लेखा जोखा र दायित्वको मुल्याङ्न अनुसार नेपाल बीमा प्राधिकरणको बैशाख १५ गतेको पत्रबाट स्वीकृत गरेको हो ।
कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जन गर्ने) गरी जारी गरिएको सबै किसिमका जीवन बीमालेखहरू अर्न्तगत आ.व. २०७७/७८ का लागि तपसिल बमोजिम प्रति वर्ष प्रति हजार बीमाडुमा बोनस दर निर्धारण गरिएको जनाएको छ ।
कम्पनीको आगामी बीमाङ्गिय मुल्याङ्कन नभएसम्मका लागि सोहि बमोजिम अन्तरिम बोनस दर कायम गर्ने भएको छ ।