नेपाल बीमा प्राधिकरण कर्मचारी यूनियनको तेस्रो महाधिवेशनबाट नयाँ कार्यसमिति चयन, अध्यक्ष बने शम्भु प्रसाद मिश्र
१६ बैशाख २०८०, शनिबार १८:३८
काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी यूनियनको तेस्रो महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ।कर्मचारी यूनियनको तेस्रो महाधिवेशनबाट अध्यक्षमा शम्भु प्रसाद मिश्र निर्वाचित भएका छन् ।
त्यस्तै, उपाध्यक्ष पदमा रञ्जिता के.सी, महासचिवमा शिव प्रसाद खनाल, सचिवमा श्याम सुन्दर नगरकोटी, कोषाध्यक्षमा अनुराग पाण्डे चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुहरुमा खेमराज भण्डारी र राजेन्द्र खतिवडा प्रदीप गौतम, रोमिला शर्मा चयन भएका छन् ।