नेशनल लाइफ इन्स्योरेन्सद्वारा ५० लाख रुपैयाँको बीमादावी भुक्तानी
१५ बैशाख २०८०, शुक्रबार १६:५०
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भूक्तानी गरेको छ । कम्पनीले बीमीत साइमन राईलाई घातक रोग वापतको बीमा दाबी भुक्तानी गरेको हो ।
कम्पनीले आज एक कार्यक्रमको आयोजना गरी इटहरी कार्यालयमा जीवन बीमा गरेका बीमित साइमन राईलाई घातक रोग लागेकोले उपचार खर्च ५० लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीले २०७६ कात्तिक २९ मा अमृत वर्षा बीमा योजना ५० लाख रुपैयाँको प्रारम्भ गरी वार्षिक प्रिमियम ६ लाख २९ हजार ६५० को दरले ४ किस्ता बुझाइ सकेको छ ।
वैदेशिक रोजगारको शिलशिलामा दुबईमा रहेको बेला विरामी परि २०७९ पुसमा घाँटिको क्यान्सर प्रमाणीत भए पछि कम्पनीमा उपचार दावि गरेका थिए । सबै प्रकृया पुरा गरि आज उपचार खर्च ५० लाख रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको छ ।