नेपाल बीमक संघको अयोजनामा हवाई बीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न
१५ बैशाख २०८०, शुक्रबार ११:१८
काठमाडौं । नेपाल बीमक संघ तथा Deinon Insurance Brokers LLC को संयुक्त आयोजनामा हवाई बीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वैशाख १३ गते नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल बीमक संघको आयोजनामा संचालित उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरण, निर्जिवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी तथा ईन्स्योरेन्स इन्स्टिच्युट नेपाल लि. का प्रतिनिधिहरु गरी ५० जनाको सहभागिता रहेको थियो ।
साथै सहभागिहरुले उक्त कार्यक्रम उपलब्धिमुलक रहेको र भविष्यमा समेत यस्ता कार्यक्रमहरुको नियमित आयोजना गर्नको लागि नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीलाई सुझाव तथा आग्रह गरेका थिए ।