गुराँस लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणघाट शाखाले आज एक कार्यक्रम गरि कावासोती नगरपालिका वडा न.–१३,का बीमित स्व कमलापति काफ्ले को श्रीमती पेमा कुमारी अधिकारी काफ्लेलाई मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ ।
कम्पनीका नारायणघाट शाखा प्रमुख ओमकार सिग्देलले २३ लाख ३ हजार ३ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । स्वर्गिय काफ्लेले कम्पनीमा गुराँस वार्षिक नगद फिर्ता जिबन बिमा योजना बिमा गर्नु भएको थियो र उहाको केही समय पहिले स्वर्गारोहण भएको हो ।
उक्त कार्यक्रममा शाखा प्रमुख ओमकार सिग्देलले बीमा बचत सहित जिवनमा आई पर्ने यस्ता आप्रत्यासित घटनाले आश्रीत परिवारमा हुने आर्थिक क्षतिको बलियो आधार हुने हुदा उपस्थित सबैले आफ्नो लागि उचित हुने बीमा गर्नु पर्छ भन्ने कुरा राखेका थिए ।