चौथौ त्रैमासको खुद मुनाफाको आधारमा बीमा कम्पनीहरुको पुँजिको क्षमता हेर्ने तयारीमा बीमा प्राधिकरण
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको चौथौ त्रैमासको वित्तिय विवरण हेरेर मात्रै चुक्ता पुँजिको अन्तिम निर्णयको विकल्प राख्ने भएको छ।अर्बौं रुपैयाँ जोखिम लिने बीमा कम्पनीको पुँजि बलियो बनाउन चालेको कदममा बीमा कम्पनीहरु पनि त्यसै अनुरुप जान खाजेको देखिन्छ । बीमा प्राधिकरणले हकप्रद शेयरमा कडाई गरेको कारण मर्जर नै अन्तिम विकल्पको रुपमा लिएका छन् ।
मर्जरपश्चात् पनि पुँजि नपुराउने कम्पनीहरुको हकमा भने प्राधिकरणले बोनस शेयरमा छुट दिएको छ । बीमा कम्पनीहरुको डिडिए र एक्चुरी भ्यालुएसनको कारण मर्जरमा समय लाग्ने भएकाले पनि चैत मसान्तसम्मको समय थप गर्न परेको प्राधिकरणले जनाएको छ।बीमा कम्पनीहरुको चौथौ त्रैमासको अपरिकृष्त वित्तिय विवरण र मुनाफालाई हेर्न पनि बीमा प्राधिकरणले समय थप गरेको हो ।
प्राधिकरणले कम्पनीहरुलाई रिक्स वेस क्यापिटलमा लान खोजेको छ । जसमा कम्पनीको पुँजी अनुसार न्यूनतम र अधिकतम कारोबारको सिमा तोक्ने प्रावधान रहेको छ। रिक्स वेस क्यापिटलको फम्यार्टको लागि पनि एक आर्थिक बर्षको बीमा कम्पनीहरुको मुनाफाको आधारमा हेरीन लागेको प्राधिकरणले जानकारी दिएको छ।
बीमा प्राधिकरणको रिक्स वेस क्यापिटको आधारमा हेर्ने हो भने कम्पनीहरु मुनाफामा गएको छ वा घाटामा गएको छ भन्ने विवरण हेर्नु पनि अनिवार्य रहेको छ।