पास्नीमा एन्जिलाले दिइन् छोरालाई सानिमा रिलायन्स लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई जीवन बीमाको महत्व बुझेर बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । जन्मदिन, विवाह, पास्नी, विवाह उत्सव तथा चाडपर्वहरुमा आफ्ना साथीभाई, परिवार तथा आफन्तहरुलाई जीवन बीमा पोलिसी खरिद गरिदिएर उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ ।
यसैबीच एन्जिला पाण्डेले आफ्नो छोराको पास्नीको अवसरमा छोरालाई उपहारस्वरुप जीवन बीमा गराइदिएका छन् । एन्जिलाले छोरा आयान्स ठकुरीको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स काँडाघारी शाखा कार्यालयबाट ‘मेरो मुटु बाल जीवन बीमा’ पोलिसी ५ लाख रपैयाँ बीमाङ्क रकम बराबरको बीमा पोलिसी उपहार दिएकी हुन् ।
यो योजना बालबालिका केन्द्रित पोलिसी हो । बजारमा उपलब्ध धेरै मध्ये यो योजना बालबालिकाका लागि उत्कृष्ट पोलिसी हो । भविष्यमा बच्चालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने भएका कारण बच्चाहरुका लागि यो उपयुक्त पोलिसी हुन सक्ने कम्पनीको दाबी छ ।
कम्पनीले यस पोलिसीमार्फत बच्चाहरुलाई भविष्यमा हुन सक्ने आर्थिक जोखिम बहन हुने र आर्थिक रुपमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ, जहाँ परिपक्वता रकम शिक्षा र अन्य सामाजिक उद्देश्यका लागि पनि प्रयोग गर्न सकिनेछ ।