आजदेखि नबिलको बैंकिङ सेवा तीन दिन बन्द हुने, यस्तो छ कारण
४ असार २०७८, शुक्रबार ००:३०
काठमाडौं । नबिल बैँकले आजदेखि कोर बैंकिङ् सिस्टमका कारण तिन दिनको लागी बन्द गर्ने भएको छ। बैंकले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कोर बैँकिङ सिस्टममा स्तरोेन्नति गर्नुपर्न भएको भन्दै बैँकले आगामी असार ४ गते शुक्रबार ४ बजे देखी असार ७ गते बिहान ९ बजेसम्मका लागी बन्द रहने जनाएको छ।
साथैे बैकबाट प्रदान गर्र्दै आएको इन्टरनेट बैँकिङ, मोबाइल बैकिङ , रेमिट्यान्स तथा एटीएममा क्रिडिट र पेमेन्ट कार्ड बाहेकका सेवाहरु एवम् सम्पूर्ण बैँकिङ कारोबारहरु पूर्ण रुपमा बन्द गरीने भएको छ । बैंकले बैँकिङका सबै शाखा बन्द रह्ने हुँदा अत्यावश्यक कारोबार गर्नु परेमा अग्रिम रुपमा सम्पर्क गर्न आग्रह गरेको छ।