जापान-नेपाल टप लेभल म्यानेजमेन्ट सेमिनार सम्पन्न, जीवन बीमा क्षेत्रमा नयाँ आयाम थपिने अपेक्षा
काठमाडौं । जीवन बीमक संघ नेपालले फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि वल्र्ड (फालिया जापान) र जीवन बीमक संघ जापानसँग मिलेर काठमाडौँको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा “जापान–नेपाल टप लेभल म्यानेजमेन्ट सेमिनार” भव्यताका साथ सम्पन्न गरेको छ ।
फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि वल्र्ड (फालिया ) सँग मिलेर जीवन बीमक संघ नेपालको पहलमा पहिलो पटक एैतिहासिक सेमिनार आयोजना गरिएको हो ।
स्वागत मन्तव्यका क्रममा जीवन बीमक संघ नेपालका उपाध्यक्ष प्रवीण रमण पराजुलीले “जीवन बीमक संघ नेपाल र फालिया –जापान बीच भएको आजको सफल अनि एतिहासिक उक्त सेमिनार एक सुरुवात र पहिलो कदम भएको बताउनु भयो साथै यस किसिमका गोष्ठी तथा सेमिनारहरुद्वारा नेपालको जीवन बीमा क्षेत्रको बृहत्तर हित र बिकासमा सघाउ हुनुका साथै जीवन बीमा क्षेत्रमा नव प्रबिधि तथा सिपको अनुशरण गर्दै अन्तरास्ट्रिय स्तरका अभ्यासहरु नेपालि जीवन बीमा क्षेत्रमा अबलम्बन गर्दै जाने “ कुरामा प्रकाश पारे ।
विहान ९ बजे सुरु भएको उक्त कार्यक्रको पहिलो सेसनमा फालियाको तर्फबाट “च्यालेन्जेज अफ लाइफ इन्स्योरेन्स इन्ड्रष्ट्री इन अ र्यापिड्ली चेन्जिङ विजनेस इन्भारमेन्ट” को विषयमा प्रस्तुतिकरण रहेको थियो । सेमिनारको अन्त्यमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले संबोधन गर्दै संघलाई बधाई दिनुकासाथै यस किसिमका कार्यक्रमले जीवन बीमा क्षेत्रमा नयाँ आयाम थपिने र नेपाली जीवन बीमाको स्तरको सुधारमा कोशे ढुंगा साबित हुने कुरा बताए ।
सेमिनारमा भाग लिएका सहभागीहरुलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष र फालिया –जापानका अध्यक्षद्वारा प्रमाणपत्र हस्तान्तरण गर्नुका साथै जीवन बीमक संघ नेपालका तपÞर्mबाट फालिया जापानका प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेलले उक्त कार्यक्रम सफल बनाउन साथ् दिने व्यक्तित्व लागाएत आमन्त्रित सबैमा कृतज्ञता ज्ञापन गरे । फालिया जापान र जीवन बीमक संघ नेपालले आगामी दिनहरुमा पनि एक आपसमा सहकार्य गर्दै नेपालमा थप कार्यक्रम गर्दै जाने बताए ।