सूर्यज्योति लाइफ इन्स्योरेन्सले डाक्यो १५औं साधारण सभा, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । सूूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको बैशाख ११ गते बसेको संचालक समितिको बैंठकको निर्णयले सभा जेठ ४ गते होटल हैरिसन प्यालेस, विराटनगरमा अह्वान गरेको छ । सभा विहान ११ बजेदेखि सुरु हनेछ ।
सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८।०७९ को नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्नेछ ।
यसका साथै, सभाले साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८।०७९ को नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्नेछ ।
त्यस्तै, लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७९।०८० को लागि लेखा परिक्षक नियुक्ति गर्ने तथा नीजको पारिश्रमिक निर्धारण गर्ने तथा संस्थापक शेयरधनी समुह ’क’ बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालक र सर्वसाधारण शेयरधनी समुह ’ख’ बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावहरु रहेका छन् ।
त्यस्तै, सभाले सञ्चालक समितिमा रिक्त स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्तिको जानकारी तथा अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने छ ।