निर्जिवन बीमा कम्पनीहरुको बीमा व्यवसाय ३० अर्ब माथि, एकिकृत कारोबार गरेका कम्पनीहरु थप मजबुत बन्दै (तथ्यांक सहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ३० अर्ब रुपैयाँ बीमा व्यवसाय गर्न सफल भएका छन् ।नियामक निकाय बीमा प्राधिकरणले प्रकाशन गरेको वित्तिय विवरण अनुसार बीमा कम्पनीहरुले तेस्रो त्रैमासमा उक्त रकम बराबरको बीमा गर्न सफल भएको हो ।
बीमा प्राधिकरणको तथ्यांक अनुसार एकिकृत कारोबार पश्चात् कम्पनीहरुको बीमा व्यवसाय थप सशक्त हुँदै गएको देखिन्छ । दुई कम्पनीको बीमा व्यवसाय बढ्नु यो स्वभाविक पनि हो । तर एकिकृत कारोबार पश्चात् कम्पनीहरुले आफूलाई थप मजबुत बनाईराख्छ भन्ने अबको बिषय हुन सक्ने बीमा अधिकारीहरु बताँउछन् ।
सदाझै प्रथम स्थानमा बीमा कारोबार गर्द आएको शिखर इन्स्योरेन्स कम्पनीले यस त्रैमाससम्मा अग्रस्थान लिन सफल भएको छ। कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ४ अर्ब १५ लाख रुपैयाँ कुल बीमाशुल्धक आर्जन गर्न सफल भएको छ।
दोस्रो एकिकृत कारोबार शुभारम्भ गरेर थप मजबुत बन्दै सगरमाथा लुम्बिीनी दोस्रो स्थानमा रहेको छ। कम्पनीले यस त्रैमाससम्ममा ३ अर्ब ४८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
तेस्रोमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनलिे यस त्रैमाससम्मा ३ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।हिमालयन एभरेष्टको पनि एकिकृत कारोबारपछि पर्फमेन्स राम्रो देखिएको छ। तेस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले २ अर्ब ९४ करोड रुपैयाँ बीमा व्यवसाय गर्न सफल भएको छ।
त्यस्तै, दोस्रो र तेस्रो स्थान हासिल गर्ने नेको इन्स्योरेन्स कम्पनी भने एकिकृत कारोबार गरेको कम्पनी पाचौं स्थानमा झरेको छ।कम्पनीले यस त्रैमाससम्मा २ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।