तीनवाट कम्पनी मिलेर एक बन्न लागेको हिमालयन लाइफ इन्स्योरेन्सले मर्जरको स्वीकृतीको लागि बीमा प्राधिकरणमा, कहिले होला एकिकृत कारोबार ?

१२ बैशाख २०८०, मंगलवार १०:५७

काठमाडौं । तीन कम्पनी एकिकृत कारोबार गरेर शुभारम्भ गर्न लागेको हिमालयन लाइफ इन्स्योरेन्सले मर्जरको स्वीकृतीको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण पुगेको छ ।प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ एक आपसमा मजर्र भई हिमालयन लाइफ बन्न लागेको हो ।

तीनै कम्पनीको संयुक्त मर्जर कमिटीले हिमालयन लाईफका नामबाट कारोबार गर्ने सम्झौता माघ १ गते नै गरेका थिए ।हिमालयन लाइफको अध्यक्षमा युनियनका सुलभ अग्रवाल र सिईओमा पनि युनियन कै मनोज कुमार कर्ण रहनेछन् । त्यस्तै गुराँस लाइफका सिईओ र प्राइम लाइफका कामु सिईओ डेपुटी सिईओको रुपमा हुनेछन् ।प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स १:१:१ सेयर अनुपातमा गाभिने भएका हुन्।

तसर्थ, यी तीन वटै कम्पनीमा १०० कित्ता सेयर हुने सेयरधनीहरूले मर्जर पछि बन्ने कम्पनीको पनि १०० कित्ताकै दरमा सेयर पाउनेछन्।कम्पनीको मर्जरलगायतको कार्यहरू नियमित गरी कर्मचारी व्यवस्थापन र शाखाहरूको व्यवस्थापन सम्बन्धी कार्यलाई अघि बढाउने र समग्रमा एकीकृत कारोबार यथाशक्य छिटो सुरू गर्ने समेत सहमति भएको बताइएको छ।

तीन कम्पनी मर्ज भएर बन्ने हिमालयन लाइफको चुक्ता पुँजी ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।अन्तिम कारोबार बैशाखको अन्तिममा गर्ने तयारी भईरेहको मर्जर कमिटिका एक संचालकले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*